ताजा समाचार

प्रधानमन्त्नरी ओली खतरामुक्त

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको चिकित्सकहरुले जनाएका छन् ।

आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्य स्थिति तीब्र गतिमा सुधार आएको भन्दै पूर्ण खतरामुक्त रहेको जनाएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै चिकित्सकहरुले भने, उहाँ पूर्णखतरामुक्त हुनुहुन्छ । भोली पर्सि अर्को समस्या आउने कुरा अर्कै छ तर एपेन्डिसाइटिसको अपरेसन पश्चात उहाँ पूर्ण खतरामुक्त हुनुहुन्छ ।

लामो समय चलेको पत्रकार सम्मेलनमा चिकित्सकहरुले प्रधानमन्त्रीले घाउको दुखाई सहन गर्न सके छिट्टै अन्यथा केहि दिनमै काममा फर्किने जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org