ताजा समाचार

भक्तपुरमा कांग्रेसका कृष्ण भँडेल विजयी

भक्तपुर । नेकपाले जितेको भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेस विजयी भएको छ । सत्तारुढ दल नेकपाले जितेको क्षेत्रलाई नेपाली कांग्रेसले उपचुनावबाट खोसेको हो ।

अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मतसहित जित हात पारेका हुन् ।

नेपाली कांग्रेसलाई पछ्याएका नेकपाका उम्मेदवार डिपी ढकालले ११ हजार २ सय ६ मत ल्याएर दोश्रो भएका हुन् । तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवारले ५ हजार २९ मत पाएका छन् ।

यद्यपी नतिजाको अन्तिम घोषणा हुन भने बाँकी रहेको छ । भक्तपुरमा कांग्रेस र राप्रपा मिलेर चुनावमा होमिएका थिए ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।

नेकपाले डिपी ढकाललाई उपचुनावमा टिकट दिएपछि असन्तुष्ट समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो भने, पार्टीले कारबाही गर्ने चेतावनी दिएपछि भने भक्तपुरको स्थिति शान्त जस्तै बन्न पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org