ताजा समाचार

नेपाल एयरलाइन्सलाई चीनमा उडान अनुमति

काठमाडौं । चीनमा नेपाल एयरलाइन्सले उडान अनुमति पाएको छ ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान अनुमति मागेको थियो । नेपाल सरकारले चीनको ग्वाङ्झाउमा नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन कूुटनीतिक पहल गरेको थियो । यसैको आधारमा नेपाल एयरलाइन्सले पेफ्टी अडिटबीना नै उडान अनुमति दिएको जनाइएको छ ।

चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो ।

अब एयरलाइन्सले चीनमा उडान तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । विमान खाली जान नपरोस भन्ने मनशायका कारण समेत एयरलाइन्सले अध्ययन सकेर छिट्टै उडान तालिका सार्वजनिक गर्ने जनाएको छ ।

निगमसँग अहिले ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने उनले बताए ।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ । उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org