ताजा समाचार

संसदकाे हिउँदे अधिवेशन पुस ४ गतेदेखि सुरु हुने, सभामुख पद के होला ?

काठमाडौं । संसदकाे हिँउदे अधिवेशन आगामी पुस चार गतेदेखि सुरु हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

सरकारको सिफारिस प्राप्त भएपछि राष्ट्रपति भण्डारीले संसद आह्वान गर्ने छिन् । संसद संचालन गर्ने सभामुख नै नभएको अवस्थामा यो अधिवेशनले नयाँ सभामुखको निर्वाचन गर्ने छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई संघीय संसदमै कार्यरत एकजना कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले पदबाट राजनीनामा दिएका थिए । सभामुख नभएका कारण विधेयक प्रमाणीकरण हुन पाएका छैनन् ।

सभामुखको अध्यक्षतामा रहेको सूचना आयोगको पदाधिकारी सिफारिस समितिको बैठकको अध्यक्षता उपसभामुख तुम्बाहङफेले गरिसकेकी छन् । समितिमा सञ्चार मन्त्री र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहन्छन् ।

समितिले गरेको निर्णयका आधारमा मन्त्रिपरिषद बैठकले सूचना आयोगका पदाधीकारीको नियुक्ति गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org