ताजा समाचार

सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नतीः प्रचण्ड

प्रचण्डको जन्मदिनमा ओइरिए शुभकामना तथा बधाई

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले उधाैली तथा योमरी पुन्हि (ज्यापु दिवस)को शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती भएको दाबी गरेका छन् । यस्तै, प्रचण्डले विभिन्न समूदायका सांस्कृतिक पर्वहरुले नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गरेको र सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यस्ता पर्वहरुले थप मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हुँदै समाजवादको आधार तयार पार्दै नेपाललाई सुखी र विकसित बनाउन नेकपा र सरकार लागिपरेको भन्दै प्रचण्डले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेका छन् ।

यस्तै, आज प्रचण्डको जन्मदिन समेत परेकाले उनलाई जन्मदिनको बधाई तथा शुभकामना समेत आइरहेको छ । उनकी छोरी तथा स्वकिय सचिव गंगा दाहालदेखि जनयुद्धका सहकर्मी नेता कार्यकर्ताले जन्मदिनको शुभकामना व्यक्त गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org