ताजा समाचार

किन सर्‍यो तीनसाता पछि नेकपा केन्द्रिय कमिटीको बैठक ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले पुस २३ का लागि तय केन्द्रीय समिति बैठक माघ १५ सम्मका लागि सारेको हो ।

राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ । नेकपाको स्थायी कमिटी बैठकले पुस २३ मा केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो । पार्टी एकतापछि नेकपा केन्द्रीय कमिटीको औपचारिक बैठक बसेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org