ताजा समाचार

मकवानपुरमा अज्ञात समूहद्वारा एनसेल टावरमाथि आगजनी

हेटाैडा । मकवानपुरमा दुई एनसेल टावरमाथि अज्ञात समूहद्वारा आगजनी भएको छ ।

मकवानपुर प्रहरीका अनुसार आइतबार राती भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमाथि सामान्य क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार आगजनी कसले गरेको हो भन्ने खुलेको छैन् । तर, प्रहरीले अनुसन्धान भने थालिसकेको जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको छ । यता, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पुगेको छ। घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ । यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेकाले यस घटना पनि त्यही समूहले गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org