ताजा समाचार

कोरोना भाइरसले भेटेका ती नेपालीको अवस्था कस्तो छ ?

काठमाडाैं । कोरोना भाइरस भन्दैमा नआत्तिन चिकित्सकले आग्रह गरेका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले संक्रमण भयो भन्दै नआत्तिन आग्रह गरे।

कोरोना भाइरस संक्रमणको पुष्टि भएका एक जना नेपाली सकुशल अवस्थामा छन्।

स्रोतका अनुसार उनको स्वास्थ्य सामान्य छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

डा. लालले भने, ‘त्यत्ति धेरै आत्तिनुपर्दैन तर सतर्क रहनुपर्छ। सामान्य स्वस्थ नागरिकलाई संक्रमण भएपछि मृत्यु नै भइहाल्दैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org