ताजा समाचार

गौशालामा ओली पक्षधरको ‘गोप्य’ बैठक

काठमाडाैं । पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन् ।

काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।

‘जति हैन भनेर दाबी गरे पनि केन्द्रीय कमिटी बैठकमा हाम्रो स्थिति अलि रक्षात्मक भयो । सरकारको काममा पनि आलोचना हुन थाल्यो,’ ती नेताले भने, ‘त्यसैले पार्टी र सरकारमा अझै कसरी प्रभावकारी उपस्थिति हुन सक्छ भन्नेबारे कुराकानी गर्न जुटेका हौं ।’

यसरी छलफलमा जुट्नुको कारण भने प्रधानमन्त्री ओलीकै चाहना रहेको उनले बताए ।

सरकारेका नियमित काम, एमसीसी, यति होल्डिङ्सँगको साइनोलगायत विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अनावश्यक घेराबन्दीमा पारिएको भन्ने मुद्दा छलफलका एजेन्डा थिए ।

‘यी विषय पनि छलफलमा आए । पार्टी र सरकारमा कसरी प्रभावकारी उपस्थिति जनाउने भन्ने बारेमै कुराकानी भयो,’ उनले भने । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

छलफलमा सहभागीमध्येका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार मामिला राजन भट्टराईले भने उक्त भेट कुनै रणनीतिक छलफलका लागि आयोजना नगरिएको दाबी गरे । उनले भने, ‘केही साथी यसो जम्मा भएर चिया कफी खाएका मात्रै हो ।’

दिउँसो ४ बजेदेखि छलफलमा जुटेका यी नेताहरू करिब साढे ८ बजेसम्म बसेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org