ताजा समाचार

लसुनको मूल्य प्रतिकिलो ६५० पुग्यो

काठमाडाैं । चालु आवको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजारको रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौँ ।

यहि गति रहे वर्षभरीमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् ।

कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो । अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

जबकी २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ प्रतिकिलो थियो । नेपालमा हरेक वर्ष ठूलो परिणाममा लसुन चीन, भारत र अन्य देशबाट आयात हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org