ओलीको इच्छाविपरीत वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए।
आठ महिनापछि ओली शनिबार आफ्नो जन्मदिन मनाउने तयारी गरिरहँदा उनै गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने संविधान संशोधन प्रस्तावको साक्षी बने।
संयोग नै भनौं, जसरी गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपाको विधानविपरीत थियो, उसैगरी उनलाई राष्ट्रिय सभा सदस्य मनोनयन गरेर प्रधानमन्त्री बनाउने कुरा संविधानविपरीत थियो।
असार अन्तिम सातातिर आफूविरुद्ध खडा भएको अर्काे गुटलाई तितरबितर पार्न गौतमलाई उपाध्यक्ष अफर गरेका ओलीका लागि शनिबार साँझको प्रस्ताव भने अनपेक्षित थियो।
‘अर्का उपाध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो,’ बैठकबारे सचिवालयका एक सदस्यले भने, ‘त्यो प्रस्तावमा प्रधानमन्त्रीज्यू असहमत हुनुहुन्थ्यो तर पनि उहाँ मौन बस्नुभयो।’
बैठकमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने कुरा कहाँ पुग्यो भनेर सोधेपछि दाहालले उक्त प्रस्ताव गरेका थिए। दाहाल र गौतमको सहमतिबमोजिम नै उक्त प्रस्ताव सचिवालय बैठकमा पुग्यो।
गौतम निवास भैंसेपाटीमा गत पुस २३ गते अध्यक्ष दाहालसहितका नेताहरूको भेला भएको थियो। स्रोतका अनुसार भेलामा राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्यको समान हैसियत हुने गरी संविधान संशोधनको पहल गर्ने सहमति बनेको थियो।
त्यही सहमतिलाई इमान्दारीका साथ पालना गरेको देखाउन दााहलले उक्त प्रस्ताव ल्याएको ओली पक्षधरको बुझाइ छ। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्।
दाहालले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी अध्ययन गर्न कार्यदल बनाउने प्रस्तावका साथमा राष्ट्रिय सभा सदस्यको संख्या बढाउनुपर्ने अर्काे प्रस्ताव पनि ल्याएका छन्।
Comments
अरु समाचार
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...
-
राष्ट्रिय जेष्ठ नागरिकको सभापतिद्वारा पदवहाली
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापतिमा हालै नियुक्त हुनु भएका सभापति देवी प्रसाद सुवेदी,सदस्य सचिव गोपाल मेहताले आज असार...
-
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
काठमाडौं । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा...
-
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै...