ताजा समाचार

मालेका महासचिव मैनाली परिवारसहित दुर्घटनामा, थप उपचारका लागि काठमाडाैं ल्याइयो

काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको सवारी दुर्घटना भएको छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।

मैनालीको टाउकोमा गम्भीर चोट लाग्नुका साथै खुट्टा समेत भाँच्चिएको प्रहरिले जनाएको छ ।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । दुर्घटनामा परेर बुहारी समेत गम्भीर घाइते भएकी छन् । उनका दुबै खुट्टा भाँचिएका छन् ।

कार दुर्घटनामा घाइते भएका मैनालीका परिवारसहित चालकलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाैं लगिएको हो ।

मैनालीको अवस्था गम्भीर देखिएपछि थप उपचार संभव नभएका कारण काठमाडाैंको ग्राण्डि अस्पताल लगिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org