ताजा समाचार

नेपाल लिकर्स र गायक बज्राचार्यबीच सांगितिक सहकार्य

काठमाडौं । नेपालको चर्चित व्यापारीक घराना नेपाल लिकर्स प्रालीले गायक दिपक बज्राचार्यसँग सांगितिक सहकार्य सम्बन्धि सम्झाैता गरेको छ ।

सामाजिक उत्तरदायित्वको निरन्तरता भन्दै लिकर्सले लामोसमयदेखिको सांगितिक सहकार्यलाई सम्झाैता गरेर कार्यक्रम अगाडी बढाएको हो ।

नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दिपक बज्रचार्यसंग सांगितिक सहकार्य सम्बन्धि सम्झौता भएको छ ।

नेपाल लिकर्सका अध्यक्ष राजेश विर सिहं तुलाधरले नेपाली संगित हाम्रो पहिचान भएकोले यसको प्रर्वद्धनका लागि गायक बज्राचार्यसंग सहकार्य गरिएको बताए ।

उनले गुणस्तरको मामिलामा वर्षैदेखि नेपालीमाझ लोकप्रिय रहेकोले यसलाई सांगितिक क्षेत्रले अझ उत्साहित गर्नेमा विश्वस्त रहेको बताए । यसले नयाँ कलाकारलाई समेत प्राेत्साहित गर्दै आगामी दिनमा नेपाली कलाकारको उत्थानमा लागि रहने अध्यक्ष तुलाधरको भनाई छ ।

नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कच्चापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org