ताजा समाचार

ओली अस्पताल भर्ना भएपछि रोकियो वामदेव राष्ट्रियसभामा जाने प्रक्रिया

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भनाए भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको हो।

गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो।

‘प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि भर्ना भएपछि स्वतः यो विषय ओझेलमा परेको छ र पार्टीभित्रका अन्य समस्या पनि तत्काल ओझेलमा परेका छन्,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘राष्ट्रियसभाको सांसद मनोनयनको विषयभन्दा पनि अहिले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्ने बेला हो।’

उनका अनुसार तत्काल राष्ट्रियसभा सदस्यमा कोही कसैको मनोनयन हुँदैन। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

प्रधानमन्त्री ओलीले राम्रोसँग काम गर्ने अस्था नभईकन मनोनयन लगायतका विषयमा छलफल नहुने ती स्थायी कमिटी सदस्यले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org