ताजा समाचार

ट्राफिक प्रहरीलाई कोरोनाको त्रासः मापसे चेकजाँच प्रभावित हुने

काठमाडाैं । कोरोना भाइरसको प्रत्यक्ष असर नेपालको ट्राफिक प्रहरीमा परेको छ।

कोरोना त्रासकै कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको मापसे (मादक पदार्थ सेवन) परीक्षण पुनर्विचार गर्ने भएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण कोरोना त्रासकै कारण स्थगित गरिएको छ।

ब्रेथ लाइजरबाट नियमति हुँदै आएको मापसे परीक्षण स्थगित वा नियमित गर्ने भन्ने द्विविधामा ट्राफिक प्रहरी छ।

यसबारे टुंगो लगाउन ट्राफिक प्रहरीले विज्ञसँग परामर्शसमेत सुरु गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org