ताजा समाचार

कोरोना संक्रमणले यस्ता व्यक्तिको हुन्छ बढी मृत्यु

काठमाडौं । युरोप क्षेत्रमा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले कोरोनाको जोखिम न्यूनीकरणको उपाय अपनाएको छ। उसको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ७० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी छ।

महिलाका तुलनामा पुरुष बढी छन्। पुरुषमा मृत्युदर २.८ र महिलामा १.७ प्रतिशत छ । यसअनुसार यो उमेर समूहका सङ्क्रमितको मृत्युदर ८ प्रतिशत छ।

६०–६९ वर्षका ३.६ प्रतिशत, ५०-५९ वर्षका १.३० प्रतिशत, ४०-४९ वर्षका ०.४० प्रतिशत, १०-३९ वर्षका ०.२० प्रतिशत र १-९ वर्षका शून्य प्रतिशत मृत्युदर छ।

कोरोना भाइरस सङ्क्रमण भएका एक हजारमध्ये पाँचदेखि ४० को ज्यान जाने गरेको अनुसन्धानकर्ता बताउँछन्। यो खबर आजको गोरखापत्रमा चाँदनी हमालले लेखेकी छन्।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ । विभिन्न देशमा सङ्क्रमण पत्ता लगाउने, गणना गर्ने कुरामा एकरूपता नहुँदा मृत्युदर फरक देखिएको ब्रिटेनस्थित इम्पिरिकल कलेजको अनुसन्धानले देखाएको छ।

चीनमै ४४ हजारभन्दा बढी सङ्क्रमणको विश्लेषणले वृद्ध मानिसको मृत्युदर १० गुणा बढी रहेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठन र चीनद्वारा संयुक्त रूपमा गरिएको अध्ययन प्रतिवेदनअनुसार एक ५० वर्षीय पुरुषको मृत्युपछि उसको मुटु, कलेजो र फोक्सो थप परीक्षण गरिएको थियो।

यी सबै अङ्ग कोरोनाको सङ्क्रमणले काम गर्न नसक्ने बनाएको थियो। फोक्सोमा निमोनिया र त्यहाँका सेल क्षतविक्षत भएको पाइएको थियो।

मुटु, मधुमेह, क्यान्सर तथा अन्य क्रोनिक रोग लागेका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्ययनले देखाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org