यी हुन् काठमाडौं उपत्यकाभित्र अपराधका ७ अखडा
काठमाडौं । काठमाडौं उपत्यका, संघीय सरकारको राजधानी मात्र होइन, अपराधको राजधानी पनि बन्दै गएको छ। उपत्यकाको तथ्यांक हेर्दा प्रत्येक घन्टा कम्तीमा दुई अपराधका घटना भइरहेका छन्।
प्रहरीकै तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा उपत्यकाभित्र दश हजार २०९ मुद्दा दर्ता भएका छन्। तर, अपराध न्यूनीकरण गर्ने प्रहरी जनशक्तिको भने अभाव छ।
मुद्दा दर्ताका आधारमा काठमाडौंका न्युरोड, ठमेल, बलाजु, थानकोट र स्वयम्भुलाई अपराधको एल्लो जोनका रूपमा लिन सकिन्छ।
आर्थिक वर्ष ०७५/७६ मा न्युरोड तथा वसन्तपुर क्षेत्रमा मात्रै चार सय ८१ अपराधका घटना भएका छन्। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।
टेकु : उपत्यकाका तीन जिल्लाअन्तर्गत मुद्दा दर्ता हुने प्रहरीका २१ युनिट छन् । यीमध्ये तीन परिसर कार्यालय र १८ वृत्त कार्यालय छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता हुन्छ । आर्थिक वर्ष ०७५/७६ मा टेकुमा मात्रै एक हजार ६ सय ३८ मुद्दा दर्ता भए।
अधिकांश मुद्दा बैंकिङ कसुर, साइबर अपराध र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, बलात्कार, ठगी तथा लागुऔषधसँग सम्बन्धित मुद्दा धेरै दर्ता भएका छन् । अपराधमा टेकु, सुन्धारा र बागमती नदी आसपासका क्षेत्र बढी संवेदनशील छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा महाराजगन्ज वृत्तमा मात्रै नौ सय तीन मुद्दा दर्ता भए । सबैभन्दा धेरै बैंकिङ कसुर र सार्वजनिक मुद्दा छन् । बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी अपराध पनि उत्तिकै धेरै छन् ।
बौद्ध : मुद्दा दर्ताका आधारमा सबैभन्दा धेरै अपराध हुने क्षेत्र बौद्ध हो । यस क्षेत्रका तिनचुले, जोरपाटी, नयाँबस्ती र बौद्ध आसपासका क्षेत्रमा धेरै अपराध हुने गरेका छन्। तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा बौद्ध क्षेत्रमा मात्रै आठ सय २० मुद्दा दर्ता भएका थिए। अधिकांश मुद्दा बैंकिङ कसुर र सार्वजनिक अपराधका छन् । त्यसपछि चोरी, ठगी, बलात्कार र जुवासम्बन्धी अपराध यो क्षेत्रमा धेरै हुने गरेका छन् ।
बानेश्वर : मुद्दा दर्ताका आधारमा बानेश्वरमा पनि धेरै अपराध हुने गरेको देखिन्छ । खासगरी कोटेश्वर र बागमती नदी किनारका सुकुमबासी बस्ती क्षेत्रमा अपराधका धेरै घटना हुने गरेको प्रहरी तथ्यांक छ। आर्थिक वर्ष ०७५/७६ मा बानेश्वर वृत्तमा सात सय ९३ मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी मुद्दा धेरै छन् ।
ललितपुर : ललितपुरमा खासगरी झम्सिखेल आसपासको क्षेत्रमा बढी अपराधका घटना हुने गरेको तथ्यांकले देखाउँछ । यो क्षेत्रमा ०७५र७६ मा सात सय दुई अपराध भए । तीमध्ये अधिकांश अपराध सार्वजनिक मुद्दासँग सम्बन्धित थिए । त्यसबाहेक लागुऔषध, बलात्कार, चोरी र ठगीसँग सम्बन्धित मुद्दा धेरै छन्।
कालिमाटी : कालिमाटी प्रहरीले हेर्ने क्षेत्रमध्ये कुलेश्वर, कलंकी आसपासमा धेरै अपराध हुने गरेको छ । ०७५/७६ मा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ६ सय ८० अपराधका मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, ठगी, बलात्कार र लागुऔषधसँग सम्बन्धित अपराध पनि यस क्षेत्रमा धेरै हुने गरेका छन्।
गौशाला : गौशाला प्रहरीमा ०७५/७६ मा ६ सय ३४ मुद्दा दर्ता भएका थिए । तीमध्ये बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित धेरै छन् । त्यसबाहेक चोरी, लागुऔषध, ठगी र बलात्कारका घटना पनि धेरै छन्। विशेषगरी पशुपति, गौशाला, तिलगंगा आसपासका क्षेत्रमा अपराधका घटना धेरै हुने गर्छन् ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...