ताजा समाचार

प्रधानमन्त्री ओली सामान्य अवस्थामा आउन १ वर्षसम्म लाग्ने

काठमाडौं । दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी हुन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. शाहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारोपणले उहाँ (प्रधानमन्त्री)लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ। ६ महिनादेखि १ वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org