प्रधानमन्त्रीको डिस्चार्जपछि मन्त्रिपरिषद्मा भित्रिन सक्छन गोकुल बाँस्कोटा !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बानी कस्तो छ भने जब जब स्वास्थ्यमा प्रतिकूलता उत्पन्न हुन्छ, तब तब सबैलाई हेरेको हेर्यै पारेर बोल्ड निर्णय गरिदिन्छन्।
विगतका यी र यस्तै अनुभवका आधारमा अनुमान लगाइँदै छ, अस्पतालबाट पूर्ण स्वास्थ्य लाभ गरेर बालुवाटार फर्केलगत्तै केही नयाँ नियुक्ति, निर्णय र हेरफेर हुँदै छन्?
यसअघि एपेन्डिसाइटिस अपरेसनका निम्ति शिक्षण अस्पतालमा भर्ना हुनुअघि सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरे र लगत्तै नयाँ प्रदेश प्रमुख पनि तोकिदिए।
यसचोटि अस्पताल जाने क्रममा फेरि चीनस्थित लीलामणि पौडेललाई फिर्ता बोलाएर अघिल्लो कार्यकालको निर्णयअनुसार महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्ने काम भयो।
अबको मन्त्रिपरिषद्मा माधव नेपाल निकट कसैलाई भित्र्याएर सहरी विकास मन्त्रालय दिने या केही समयपछि गोकुल बाँस्कोटालाई नै फर्काउने सम्भावना पनि छ भनेर आज फागुन २८ बुधबारको जनआस्था साप्ताहिकले दाबी गरेको छ।
त्यसलगत्तै विभिन्न विश्वविद्यालयका रिक्त पदहरूको टुंगो लगाइने बुझिएको छ। अनि संवैधानिक परिषद्को बैठक बोलाएर संवैधानिक पदको रिक्तता पूर्ति र साना दलबाट उपसभामुख छान्ने तयारी छ।
Comments
अरु समाचार
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...
-
राष्ट्रिय जेष्ठ नागरिकको सभापतिद्वारा पदवहाली
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापतिमा हालै नियुक्त हुनु भएका सभापति देवी प्रसाद सुवेदी,सदस्य सचिव गोपाल मेहताले आज असार...
-
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
काठमाडौं । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा...
-
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै...