ताजा समाचार

प्रदेश २ को स्थायी नाम र राजधानी टुंगो लगाउन आज मतदान

जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी र नाम आज मतदान गरेर अन्तिम टुंगो लगाइदै छ ।

यसकालागि आज प्रदेश सभाको बैठ्क आज बिहान ८ बजेका लागि बोलाइएको छ ।

सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए । यसका निम्ति सबै तयारी भइसकेको उनको भनाइ छ ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन ।

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org