ताजा समाचार

दुई सय ट्रक एक महिनादेखि केरुङ नाकामा, कुहिन थाले स्याउ

काठमाडाैं । चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन्।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडा लगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन्।

फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि नाकामै अलपत्र परेको बताए।

सामान छुटाउनका लागि सरकारसँग पटकपटक पहल गरेपनि अहिलेसम्म सुनुवाई नभएको उनको भनाइ छ।

‘स्याउ लामो समयसम्म राख्न नमिल्ने भएकाले कुहिने अवस्थामा पुगेको छ,’ उनले भने, ‘यसबाट व्यवसायीलाई ६५ देखि ७० करोड रुपैयाँ नोक्सान भएको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org