ताजा समाचार

पर्सामा ८ संक्रमित थपिए, वीरगञ्‍जमा अनिश्चितकालिन निषेधाज्ञा

काठमाडाैँ । वीरगञ्‍जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्‌।

समुदायस्तरमै कोरोना फैलिएपछि वीरगञ्‍जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।  पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार हिजो (शुक्रबार) साँझ रौतहटका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि निधन भएकी १७ वर्षीय किशोरीमा पनि संक्रमण पुष्टि भएको छ।

थपिएका संक्रमितहरूको स्वाब अस्ति (बिहीबार) संकलन गरिएको थियो। वीरगञ्‍जस्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरू ५ देखि ५२ वर्षसम्मका छन्‌।  कुनै ट्राभल हिस्ट्री नरहेका तथा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनमा रहेका र स्वेच्छाले जाँच गराएकाहरूमा संक्रमण देखिएको हो। पर्सामा अहिलेसम्म ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌। चार जनालाई आइसीयूमा राखिएको छ।

अस्पतालमा भर्ना गरिएका धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छ। सहायक प्रजिअ बस्‍नेतले कोरोना संक्रमओको उच्च जोखिममा रहेकाले भीडभाडमा नजान, स्वास्थ्यसुरक्षाका सबै शर्त र मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन्‌।  बिहीबार राती पनि पाँच जना थुनुवासहित जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

शुक्रबार मात्रै कोरोना संक्रमित दुई जना महिलाको मृत्यु भएको छ। सरकारले लकडाउनका अधिकांश प्रावधान हटाएसँगै केही दिन अघिदेखि पर्साका बजार खुलेका थिए। भीडभाड बढेको र आवश्यक स्वास्थ्य सजगता नअपनाएकाले संक्रमण समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन्‌।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org