एक युवक हत्या गरी टाउको झोलामा लिएर प्रहरी कार्यालय पुगे…
काठमाडौं । ‘सर मान्छेको टाउको काटेर ल्याएको छु’।
शुक्रवार बिहान सवा १ बजेतिर जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा पुगेर एक युवकले सुरक्षामा खटिएका प्रहरीलाई भने। त्यसपछि प्रहरी नै अलमलमा परे।
कालो रंगको पछाडि भिर्ने झोला देखाउँदै युवकले टाउको नै देखाएपछि नपत्याउने कुरै भएन। त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो। युवक थिए- २६ वर्षीय राजु परियार।
‘कालो झोलामा टाउको लिएर नै आएपछि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले भने।
बिहीवार राति युवकले ६४ वर्षीय सोमबहादुर गुरुको हत्या गरेका थिए। राति उनीहरु एक पितृकर्मको कार्यक्रममा गएर फर्किने क्रममा विवाद भएपछि युवकले गुरुङ्को हत्या गरेका थिए। केही पर गएर धारिलो हतियार ल्याएर उनको टाउको काटेको प्रहरीमा मौखिक बयान दिएका छन्।
नीलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा युवकले बृद्धको हत्या गरेका थिए। ‘अहिलेसम्म धेरै कारण खुलेको छैन। उनीहरुको आपसी विवाद हुँदा हत्या भएको देखिन्छ,’ एसपी रेग्मीले भने। अहिले घटनास्थल प्रहरी पुगिसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...