विप्लव नेकपाका नेता ‘विरही’ अस्पतालबाटै पक्राउ
काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् ।
भरतपुर अस्पतालमा उपचाररत उनलाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा विरहीविरुद्ध राज्यविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतको मुद्दा भएकाले पक्राउ आदेश पालना गर्दै धनुषा पठाइएको हो । उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेपछि प्रक्राउ गरेर पठाएका हाैँ । हामीले उहाँलाई धनुषा प्रहरीलाई जिम्मा लगाइसक्यौँ ।’
चितवनको रत्ननगर– ५ घर भएका नेता विरही ढाडमा समस्या भएपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर भर्ना भएका थिए । गत २३ वैशाखमा अस्पतालबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पताल पुऱ्याएको थियो । तर, जिल्ला अदालत चितवनले शर्मालाई साधारण तारेखमा रिहा गर्न १८ जेठमा आदेश दिएको थियो ।
न्यायाधीश हेमन्त रावलको इजलासले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरि पक्राउ नगर्नसमेत आदेश दिएको थियो । अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकडसमेत नगर्न भनेको थियो ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...