अबको दुई वर्षमा देशभर पूर्ण विद्युतीकरण हुन्छः उर्जा मन्त्री पुन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण हुने बताएका छन् ।
बुधबार रोल्पाको लिबाङमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आगामी आर्थिक वर्षमा मुलुक नै उज्यालो बनाउने लक्ष्य रहेको बताए ।
उनले देशभर विद्युतीकरणको लक्ष्यसहित कार्यसम्पादन गरिरहेको जानकारी दिए । मन्त्री पुनले यसैवर्ष प्रदेश नम्बर २, ३ र ४ लाई विद्युतीकरण गर्ने र आउँदो आर्थिक वर्षमा प्रदेश नम्बर ५, ६ र ७ लाई विद्युतीकरण गरी दुईवर्षमा मुलुकभर पूर्ण विद्युतीकरण गरिने बताए । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रमा लक्ष्यअनुसार नै प्रगति हासिल गरिरहेकाले दुईवर्षमा नेपाल पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गरे ।
विद्युतका लागि रोल्पामा ५५ करोड
ऊर्जा क्षेत्रमा नेपालले ऐतिहासिक प्रगति गरेको चर्चा गर्दै मन्त्री पुनले आफ्नो निर्वाचन क्षेत्र रोल्पामा विद्युतीकरणका लागि मात्रै ५५ करोड बजेट विनियोजन गरेको बताए । ‘गतवर्ष विनियोजित ४० करोड टेण्डर भएर पनि कार्यान्वयन प्रक्रियामा छ’ मन्त्री पुनले भने, ‘यो वर्ष १५ करोड विनियोजन गरिएकाले जम्मा ५५ करोड रोल्पामा भित्रिएको छ, यसको सदुपयोग गर्न सबैको निगरानी जरुरी छ ।’
जिल्लामा २ वर्षअघि ८ हजार ग्राहक भएकोमा अहिले २० हजार पुगेको र आउँदो दशैसम्ममा १८ हजार विद्युतका ग्राहक थपिने मन्त्री पुनले बताए । अहिले १ सय ६७ वटा विद्युत ट्रान्सफर्मर जिल्लामा आइसकेकाले त्यसको जडान हुनुवित्तिकै रोल्पा पनि पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गरे ।
ठेकेदारको हातमा शासन
बजेट विनियोजनभन्दा कार्यान्वयनको अवस्था निकै अस्तव्यस्त रहेको भन्दै मन्त्री पुनले देशको शासनसत्ता ठेकेदारले चलाएको बताए । ‘पैसा हुने, टेण्डर पनि हुने तर ठेकेदारले काम नगरिदिँदा राजनीतिक नेतृत्वले समेत तनाब भोग्नुपरेको छ’ मन्त्री पुनले भने ‘ठेकेदारले कामै नगरिदिएपछि त्यसको अपजस सत्ता सञ्चालकलाई जान्छ, नेपालमा यस्तै भइरहेको छ, त्यसैले मैले भन्दै पनि आएको छु –नेपालको शासन ठेकेदारको हातमा छ ।’
जिल्लामा आयोजित विभिन्न चार कार्यक्रमलाई सम्बोधन गर्न पूर्वसभामुख ओनसरी घर्तीसहित गृहजिल्ला रोल्पा पुगेका ऊर्जामन्त्री पुनले गृहजिल्लामै रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग समेत भेट गरेका छन् ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...