विवाद भएपछि यस वर्षको पद्मश्री पुरस्कार रद्द
काठमाडौँ । यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ ।
सोमबार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।
प्रतिष्ठानले असोज ११ गते पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो । पुरस्कार घोषणापछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको र सम्मानित र पुरस्कृत दुवै सर्जकले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।
पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुऱ्याउने उद्धेश्य नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उद्धेश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’
यसअघि लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार नलिने बताएका थिए । नैतिकताका आधारमा आफूले प्रश्रितसँग मञ्च साझा गरी पुरस्कार नलिने घोषणा गरेका थिए ।
त्यस्तै प्रश्रितले पनि प्रतिष्ठानले आफूलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा आभार व्यक्त गर्दै केही व्यक्ति तथा समूहले आफ्नो चरित्र हत्या गरेकाले पुरस्कार नलिने बताएका थिए । सोमबार उनको हस्ताक्षर भएको प्रेस विज्ञप्ति नै सार्वजनिक भएको थियो । तर पछि उनले त्यो प्रेस विज्ञप्ति आफूले ननिकालेको पनि बताएका थिए ।
मोदनाथ प्रश्रितलाई भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालले यौन हिंसाको आरोप लगाएकी थिइन् । विक्रम संवत् २०७२ सालमा प्रकाशित आत्मकथा ‘धरातल’ मा भुसालले आफू १३ वर्षको हुँदा तत्कालीन एमालेका नेता प्रश्रितले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।
आफूमाथि यौन हिंसा र यौन उत्पीडनको गम्भीर आरोप लागेपछि प्रश्रितले खण्डन गर्दै भुसालको आत्मकथालाई ‘अश्लील साहित्य’ को संज्ञा दिँदै आरोप झुटो भएको बताएका थिए ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...