ताजा समाचार

रामकुमारीपछि प्रचण्ड र मलाई गिरफ्तार गर्ने योजना रहेछ: माधव नेपाल

माधव नेपालको प्रश्नः कस्ता फूर्ति कस्ता घुर्की, तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?

काठमाडाैँ । प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न ।

आइतबार तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले तर्साउन झाँक्रीपछि आफु र प्रचण्डलाई गिरफ्तार गर्ने योजना भएपनि झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफै डराएर पछि हटेको बताए ।

‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?’ अध्यक्ष नेपालको प्रश्न छ । उनले ज्ञानेन्द्र जस्ताको त आफुुहरुले सातो लिएको भन्दै केपी ओली कहाँका हुन् ? भनेर प्रश्न गरे ।

अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको पनि बताए । ‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौ’ अध्यक्ष नेपालको भनाइ छ ।

उनले उनले मान्छेहरु भोकभोकै पर्दा, कोरोनाले थलिदा, महिलाहरु बलात्कारमा पर्दा, बन्द उद्योग धन्दाहरु चलाउ भन्दा समेत ओलीले वेवास्ता गर्ने गरेको गुनासो गरे ।  अध्यक्ष नेपालले ओलीको सन्की स्वभावकै कारण उनीसँग केन्द्रीय समितिमा सय जना भन्दा बढि नरहेको भन्दै बहुमत आफ्नो पक्षमा रहेकाले नेकपा आफ्नो पार्टी भएको दावी गरे ।

‘जससँग बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा हुन सक्दैन’ अध्यक्ष नेपालको भनाई छ । उनले केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव पनि दिए ।

‘उनले कम्युनिस्ट पार्टीको नाम बोक्न सक्दैनन्, पाउदैनन् । यो सुर्य यहि पार्टीसँग रहुनुपर्छ अनि सुर्य चिन्ह खोस्नका लागि अनेक षड्यन्त्र र तानावाना बुनिदैछन् । दुइटैलाई नदिने भनेर’नेपालले भने, ‘यदि त्यस्तो षड्यन्त्र भयो भने देशमा ठुलो विग्रह र संकट निम्त्याउछ भन्ने बुझे हुन्छ ।’

उनले ओलीले दिनलाई रात भन्न थालेको भन्दै यस्तो बेलामा चुप लागेर आफुहरु बस्न नसक्ने बताए । उनले संविधानले कुनैपनि धाराले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको पनि बताए । ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानको कुनैपनि धारामा छैन’, नेपालको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org