ताजा समाचार

संसद पुन:स्थापनाको विकल्प छैन: नेता ज्ञावली

सर्वोच्चले संविधान संसोधन गर्ने होइन, संविधानमा भएको व्यवस्थाअनुरुप काम गर्ने हो

रुकुम-पुर्व । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले संसद पूनः स्थापनाको विकल्प नभएको बताउनुभएका छन ।        संविधानमै नभएको अधिकार प्रयोग गरेर अहिलेका प्रधानमनत्री केपी शर्मा ओलीले संसद विघटन गरेकाले संसद पूनः स्थापनाको विकल्प नभएको नेता ज्ञवालीले बताउनुभयो ।

नेकपा रुकुम (पूर्व) ले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उहाँले बहुमत नेकपाको प्रचण्ड नेपाल समुहमा भएको भन्दै संसद पून: स्थापनाको विकल्प नभएको बताउनुभएको हो । यस्तै उहाँले केपी ओलीको सिद्धान्त बयलगाडा सिद्धान्त भएको टिप्पनी गर्नुभयो । घटनाक्रमले गर्दा प्रधानमन्त्री बन्न पुगेका ओली देखावटी रुपमा कम्यूनिष्ट र मन भने सामन्ती रहेको बताउदै, संसद विघटन भारतीय गुप्तचर रअका प्रमुख सामन्त गोयलसँगको गोप्य भेटघाटको परिणाम भएको उहाँले टिप्पनी गर्नुभयो ।

घरको मुली मान्छेले गरेको काममा श्रीमती र छोराछोरीले खण्डन गर्न पाउने की नपाउने उहाँले प्रश्न गर्नुभयो ? केपी ओली बुद्धि नभएको बाउ भएको उहाँले टिप्पनी गर्नुभयो । प्रधानमनत्री ओलीको आखा अहंकारले बन्द गरिदिएका छन् । यसले गर्दा ओलीले पार्टीका मान्छे, मन्त्री कसैका कुरा सुन्नुहुन्न, मन्त्रिले सम्झाउदा आखा तर्नुहुन्छ उहाँले भन्नुभएको छ ।

नेता ज्ञावलीले जनताको भावना विपरित सर्बोच्चले पनि फैसल ागर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले संविधान संसोधन गर्ने होइन, संविधानमा भएको व्यवस्थाअनुरुप काम गर्ने हो, उहाँले भन्नुभएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org