ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उद्घाटन (तस्बिरसहित)

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएसँगै सोमबार उद्घाटन गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको ओलीले उद्घाटन गरेका हुन् । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सरेको छ भने त्यहीँबाट ओलीले आफ्नो ३ वर्षे कार्यप्रगति समेत सार्वजनिक गरेका छन् ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताए ।कार्यक्रमका तस्बिरहरुः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org