जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्धको हस्ताक्षर’ प्रचण्डद्वारा विमोचन
नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन्।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्रहरु समेटेर भण्डारीले पुस्तकको रुप दिएका हुन्। पुस्तकमा ११२ वटा चिठी पत्रहरु छन्।
यसरी पत्र लेख्नेहरु केही सहिद भइसकेका छन् भने केही बेपत्ता छन्। पुस्तकमा समावेश चिठ्ठीले त्यतिबेलाको जनयुद्दको जास्तविक धरातल बुझ्न सहयोग पुर्याउने विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्।
पुस्तक विमोचनपछि बोल्दै अध्यक्ष प्रचण्डले जीवन्त दस्तावेजको रुपमा जवनयुद्धको हस्ताक्षर रहेको बताए। औपचारिक पुस्तक पढ्दा फरक खालको अनुभूति हुने भए पनि अनौपचारिक विषयका पुस्तक पढ्दा आनन्दको अनुभूति आउने र त्यहाँ भएका कुराहरुलाई भित्रैदेखि अनुभव गर्न सकिने बताए।
उनले भने, ‘पुस्तकमा समवेदना, आवेग र पीडाहरुलाई ब्यक्त गरेको छ । यसमा जनयुद्दका सम्झनाहरु ताजा बनेर आएका छन् । यो एउटा पुस्तक मात्र नभएर इतिहासको जिवित दस्तावेज हो।’
उनले पुस्तक पढ्दा युद्का अविस्मरणीय दिनहरु सम्झना हुने र त्यतिबेलाको संवेग, भावना, विचार र तीव्रतालाई बुझ्न सकिने बताउँदै भने, ‘यो पुस्तकले नयाँ पुस्तालाई हिजोको परिस्थिति बुझ्ने मौका पनि दिनेछ।’
प्रचण्डले यसअघि पढेका जनयुद्धका पुस्तकभन्दा यो पुस्तक मौलिक रहेको बताए ।
२०५४ सालमा अखिल (क्रान्तिकारी)मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमको भूमिगत राजनीतिमा होमिएका थिए।
२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए। पछि उनी विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष भएका व्यक्ति हुन्।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...