फेवातालको सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक
यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर
काठमाडाैँ । देशकै प्रमुख पर्यटकीय स्थल मध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्रकार सम्मेलन मार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रदेश सरकारले २ कात्तिक ०७७ मा जिल्ला विकास समिति कास्कीका पुर्व सभापति पुण्यप्रसाद पौडेलले आफ्नो सरकारको प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको थियो । नेपाल सरकारले सोही बमोजिम ९ सदस्य समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्त समेत तोकी पठाएको थियो ।
नेपाल सरकारको निर्णयानुसार फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण एवम् समुचित प्रयोग गर्न सुझावसमेत दिन गठन भएको समितिले तीन महिनाको अध्ययन पछि तयार गरेको प्रतिवेदन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले सार्वजनिक गरेका हुन ।
यस अघि २ फागुनमा समितिका संयोजक पौडेलले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे एवं सचिव टेकनारायण पाण्डेलाई समितिको प्रतिवेदन पेश गरेका थिए ।
सोही दिन गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो सरकारको प्रतिनिधिको नेतृत्वमा आफूलाई पेश गरेको प्रतिवेदन संघीय मन्त्रिपरिषदको निर्णयका लागि हस्तान्तरण सँगै समग्र प्राविधिक प्रस्तुतीकरण समेत गरिएको थियो । त्यसपछि ११ फागुनको मन्त्रिपरिषदको बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन सम्बन्धी निर्णय गरेको थियो ।
यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर
चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन पछि तालको भौगोलिक सीमा ८३ डिग्री ५५’ ४.७१ पूर्वी देशान्तरदेखि ८३ डिग्री ५८’ १०.५२ पूर्वी देशान्तरसम्म फैलीएको छ । यसै गरि २८ डिग्री ११’ ४४.२९ उत्तरी अक्षांशदेखि २८ डिग्री १३’ ५६.२१ उत्तरी अक्षांशभित्र फैलिएको छ । जस अनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुन जाने समितिको प्रतिवेदनमा छ ।
Comments
अरु समाचार
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...