ताजा समाचार

फेवातालको सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक

यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर

काठमाडाैँ । देशकै प्रमुख पर्यटकीय स्थल मध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्रकार सम्मेलन मार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको हो ।  प्रदेश सरकारले २ कात्तिक ०७७ मा जिल्ला विकास समिति कास्कीका पुर्व सभापति पुण्यप्रसाद पौडेलले आफ्नो सरकारको प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको थियो । नेपाल सरकारले सोही बमोजिम ९ सदस्य समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्त समेत तोकी पठाएको थियो ।

नेपाल सरकारको निर्णयानुसार फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण एवम् समुचित प्रयोग गर्न सुझावसमेत दिन गठन भएको समितिले  तीन महिनाको अध्ययन पछि तयार गरेको प्रतिवेदन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले सार्वजनिक गरेका हुन ।

यस अघि २ फागुनमा समितिका संयोजक पौडेलले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे एवं सचिव टेकनारायण पाण्डेलाई समितिको प्रतिवेदन पेश गरेका थिए ।

सोही दिन गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो सरकारको प्रतिनिधिको नेतृत्वमा आफूलाई पेश गरेको प्रतिवेदन संघीय मन्त्रिपरिषदको निर्णयका लागि हस्तान्तरण सँगै समग्र प्राविधिक प्रस्तुतीकरण समेत गरिएको थियो । त्यसपछि ११ फागुनको मन्त्रिपरिषदको बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन सम्बन्धी निर्णय गरेको थियो ।

यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर
चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन पछि तालको भौगोलिक सीमा ८३ डिग्री ५५’ ४.७१ पूर्वी देशान्तरदेखि ८३ डिग्री ५८’ १०.५२ पूर्वी देशान्तरसम्म फैलीएको छ । यसै गरि २८ डिग्री ११’ ४४.२९ उत्तरी अक्षांशदेखि २८ डिग्री १३’ ५६.२१ उत्तरी अक्षांशभित्र फैलिएको छ । जस अनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुन जाने समितिको प्रतिवेदनमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org