गृहमन्त्रीले हटाए स्वकीय अधिकृत
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् ।
गृहमन्त्री बादलले सचिवालयमा बसेर प्रचण्डसँग पदको बार्गेनिङ गर्ने र युवा संघको एकता भाड्ने काम गरेको आरोप तामाङमाथि लगाएका छन् ।
‘सचिवालयमा बस्ने तर प्रचण्ड समूहसँग पदको बार्गेनिङ गर्ने’, बादल निकट स्रोतले भन्यो, ‘युवा संघको एकता भाँड्ने काम गरेको आरोप लागेपछि गृहमन्त्रीले उहाँलाई हटाउनु भएको हो ।’ तामाङमाथि युवा संघको एकता हुन नदिएको आरोपसमेत लागेको छ ।
पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमो विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । गृहमन्त्री बादल माओवादी जनयुद्धका सहयात्री प्रचण्डलाई छोडेर ओली समूहमा लागेका छन् ।
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनाएपछि नेकपा विवाद अझ चर्को बन्दै गएको छ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...