शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् ।
नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले बताए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा देखिएका बेथितिलाई थितिमा राख्न पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । संविधान निर्माणपछि देश आर्थिक समृद्धितिर अघि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको जिकिर थियो ।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष केशव भट्टराई, मोहन ज्ञवाली, केशव निरौला, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य लगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायको ध्यान जान नसकेको बताए ।
स्थानीय तह, जिल्ला र प्रदेशमा शिक्षकको सभा सम्पन्न गरेपछि केन्द्रीय स्तरमा कार्यक्रम गरिएको अध्यक्ष राजेन्द्रराज पौडेलले बताए । सोमबारसम्म चल्ने सभामा देशभरका करिब ७०० शिक्षकको सहभागिता छ । सभाले गरेका निर्णय मङ्गलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि उनले सुनाए ।
Comments
अरु समाचार
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...
-
पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...