सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार बिहान शपथ लिने भएका छन्।नेम्बाङलाई सांसद पदको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए।
खड्काभन्दा नेम्बाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भए ।
२०७९ को निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एवम् संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
Comments
अरु समाचार
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
आज मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले सोमबार बस्न नसकेको...
-
संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको...
-
अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको आज आरम्भ उद्घोष...
-
सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी...
-
सगरमाथा संवादको तयारी पूरा, १७५ जना विदेशी प्रतिनिधि नेपाल आउने !
काठमाडौं । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...