सुदूरपश्चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ ।
धनगढीमा दुई दिनसम्म चलेको प्रदेश समितिको आठौँ बैठकले जिल्ला र जनसंगठनका समिति समानान्तर समिति बनाएको निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । बैठकले जिल्ला र प्रदेश समितिमा समानान्तर समिति बनाएको छ भने बैठकले संगठनलाई समानान्तर समिति गठन गर्न निर्देशन दिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कञ्चनपुरमा अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई जिम्मेवारी दिइएको प्रदेश समितिले जनाएको छ ।
बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ ।
अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ । रिक्त पदाधिकारी पूर्ती गर्न जिल्ला समितिलाई निर्देशन दिइएको छ । कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश समितिले जनाएको छ ।
नौँ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनमा पनि समानान्तर समिति बनाउन निर्देशन दिइएको पार्टीका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले जानकारी दिए । बैशाखदेखि असार १५ गतेसम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको रावलले बताए ।
यस्तै नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेबारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो ।
Comments
अरु समाचार
-
बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमन भण्डारी विजयी
कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै...
-
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ...
-
डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड
काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् । सोमबार बिहान ७ः५५...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...