आर्थिक सर्वेक्षण : जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्यो, प्रतिव्यक्ति आय ११९१ डलर
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतको आर्थिक हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आर्थिक वर्षको दोस्रो चौमाससम्म आर्थिक अवस्था राम्रै रहेपनि कोभिडको प्रभावले तेस्रो त्रैमासमा समग्र अर्थतन्त्रमा प्रभाव पर्दा राष्ट्रिय योजना आयोगको अनुमान अनुसारको ४.१ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण बनेको बताए ।
चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य प्रस्तुत गरेका थिए । तर बजेको मध्यावधि समिक्षामार्फत अर्थमन्त्री पौडेलले करिब ५ प्रतिशको आर्थिक वृद्धि हुने अनुमान रहेको बताएका थिए ।
उनले चालु आर्थिक वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा साढे ३ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हाासिल हुने बताए । चालु आर्थिक वर्ष २०७७/०७८ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान रहको अर्थमन्त्री पौडेलले बताए ।
चालु आर्थिक वर्षमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ को अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने र जसमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.० प्रतिशत रहने सरकारको अनुमान छ ।
लगानीमा १८ प्रतिशतले बढ्ने
चालु आर्थिक वर्षको कुल लगानी १८ प्रतिशतले बढ्ने अर्थमन्त्रीले बताए । आर्थिक वर्ष २०७६/०७७ मा कुल लगानी ३०.४ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने सरको अनुमान छ ।
कुल गार्हस्थ उत्पादनसँग बचतको अनुपात ६.६ प्रतिशत पुग्ने र चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वद्धि भई अमेरिकी डलर ११९१ पुगेको सरकारको अनुमान छ । त्यसैगरी, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको आर्थिक सवेक्षणमा उल्लेख छ ।
यस्तै ०७७ फागुनसम्म सरकोको तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
यस्तै फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान र ८५ अर्ब २ करोड ऋण गरी जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड गरी जम्मा ६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको आर्थिक सवेक्षणमा उल्लेख छ ।
फागुनसम्म ३ ठूला पूर्वाधारका परियोजनामा ३८ अर्ब ६७ करोड ९१ लाख र १३३ उद्योगमा २५ अर्ब ५१ करोड गरी जम्मा ६४ अर्ब १९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...