आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा आवश्यकता परे स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश ल्याइएको बताए । प्रधानमन्त्री ओलीले अहिले कोरोना संक्रमणको स्थितीमा सुधार आएको जनाए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सम्पूर्णलाइ उनले आग्रह गरे । भारतबाट लिक्विड अक्सिजन नियमित आउन थालेको उनले बताएका छन् ।
उनले अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा संचालन गरिएको छ र विदेशबाट एअरलिफ्ट गरेर अक्सिजन ल्याइएको बताए । उनले मित्र राष्ट्रबाट पर्याप्त मात्रमा भेन्टिलेटर, अक्सिजन, स्वास्थ्य सामग्री भित्रिएको बताउँदै मित्र राष्ट्रहरुको सहयोगप्रति आभार व्यक्त गरे । गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्टका नेपालीप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले एनआरएनलाई धन्यवाद दिए ।
कोभिड संकट व्यवस्थापन अध्यादेशले राज्यको सम्पूर्ण शक्ति विरुद्ध परिचालित गर्न सजिलो भएको उनको भनाइ छ । उनले भने ‘वीर अस्पतालाई कोभिड एकीकृत अस्पताल बनाइएको भन्दै उनले आवश्यकताअनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने व्यव्स्था भएको छ । ४५ निजी अस्पतालसँग निशुल्क उपचारको सम्झौता भएको छ । १ सय ५७ अस्पतालमा कोभिडको उपचार भइरहेको छ । ’
३२ लाख २८ हजार डोजबाट खोप अभियान बढाइएको उनले बताए । थप खोपको व्यव्स्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाउने र महामारी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोभिड उपचारमा खटिएका राष्टसेवकमाथि हुने भौतिक आक्रमणलाई सुरक्षाकर्मीकै जस्तो दण्डनीय बनाइने उनले बताए ।
Comments
अरु समाचार
-
काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो
काठमाडाैँ । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४...
-
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय...
-
मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । बिहीबार...
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...
-
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु
काठमाडाैँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको...
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व’: प्रधानमन्त्री प्रचण्ड
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी...
-
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको...