गंगा चौधरीको आरोप- माधव नेपालले थारुहरूको अपमान गरेर अधिनायकवादी चरित्र देखाए
काठमाडाैँ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले थारु समुदायको अपमान गरेको आरोप लगाएकी छिन् ।
मंगलबार संसदको शून्य समयमा बोल्दै उनले नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद नारदमुनि रानाप्रति गरेको व्यवहारले थारु समुदायको अपमान भएको बताएकी हुन् ।
‘१० साउनमा समितिको बैठकमा भएको घटनालाई समस्त थारु समुदायको अपमानका रूपमा लिन सकिन्छ । यो विषय नारदमुनि रानाको मात्रै होइन । जुन दृश्य समितिमा देखियो, त्यसले सदियौँदेखि थारु समुदायमाथि शोषण गरेको झझल्को दिलायो,’ उनले भनिन् ।
नेता नेपालले समितिमा अधिनायकवादी चरित्र प्रस्तुत गरेको चौधरीको आरोप छ । उनको प्रस्तुतिले संविधानले दिएको मौलिक हक हनन् भएको र वाक स्वतन्त्रताप्रति गम्भीर आघात पुगेको उनले बताइन् । ‘हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन,’ उनले भनिन् ।
वरिष्ठ नेता नेपालले रानाप्रति आक्रोशित हुँदै प्रतिगमनको मतियार भएर नबस्न भन्दै राजीनामा दिन भनेका थिए ।
Comments
अरु समाचार
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
उत्तराखण्ड सरकारले खारेज गर्यो पतञ्जलिका यी १४ उत्पादनको लाइसेन्स
एजेन्सि। भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्द गरेको सर्वोच्च अदालतलाई जानकारी...
-
सुहाङ नेम्वाङको संसदीय राजनीतिमा शानदार ‘इन्ट्री’
काठमाडाैँ । इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङ नेम्वाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन्...