ताजा समाचार

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।

केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रमसम्बन्धी विवादहरु स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरुमा निकै कम भएको बताए।

उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएको बताए।

उनले सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा सलने गरेको बताए।

उनले भने, ‘नेपालको श्रम सम्बन्ध जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ। यो हाम्रा लागि सुखद् अवसर पनि हो। सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा लिने गरेका छन्। नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएकोमा खुसी छौँ।’

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमीक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे। उनले लगानी सम्मेलनको एजेण्डालाई सबै राजनीतिक दल र नेताहरुले निजी क्षेत्रको लगानी र विकास बढाउने ऐक्यवद्धता गरेको भन्दै आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्ने ढोका खोलेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org