ताजा समाचार

गंगा चौधरीको आरोप- माधव नेपालले थारुहरूको अपमान गरेर अधिनायकवादी चरित्र देखाए

काठमाडाैँ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले थारु समुदायको अपमान गरेको आरोप लगाएकी छिन् ।

मंगलबार संसदको शून्य समयमा बोल्दै उनले नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद नारदमुनि रानाप्रति गरेको व्यवहारले थारु समुदायको अपमान भएको बताएकी हुन् ।

‘१० साउनमा समितिको बैठकमा भएको घटनालाई समस्त थारु समुदायको अपमानका रूपमा लिन सकिन्छ । यो विषय नारदमुनि रानाको मात्रै होइन । जुन दृश्य समितिमा देखियो, त्यसले सदियौँदेखि थारु समुदायमाथि शोषण गरेको झझल्को दिलायो,’ उनले भनिन् ।

नेता नेपालले समितिमा अधिनायकवादी चरित्र प्रस्तुत गरेको चौधरीको आरोप छ । उनको प्रस्तुतिले संविधानले दिएको मौलिक हक हनन् भएको र वाक स्वतन्त्रताप्रति गम्भीर आघात पुगेको उनले बताइन् । ‘हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन,’ उनले भनिन् ।

वरिष्ठ नेता नेपालले रानाप्रति आक्रोशित हुँदै प्रतिगमनको मतियार भएर नबस्न भन्दै राजीनामा दिन भनेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org