बालकोट बोलाएर ओलीले भने- उपाध्यक्ष भीम रावलले समन्वय गर्ने, सुदूरपश्चिमको इन्चार्ज लेखराज नै
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएका छन् ।
आज ओलीनिवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका हुन् । अध्यक्ष ओलीले प्रदेशको अध्यक्ष कर्ण थापा नै रहने समेत बताए ।
यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो । रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले स्पष्ट पारेका थिए ।
‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाइंले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो’ अध्यक्ष ओलीले रावललाई भनेका थिए ।
छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए । ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए ‘ममाथि अन्याय हुँदैछ । ’
रावलको प्रश्नमा ओलीले जेठ २ हुबहु लागू हुन नसक्ने बताएका थिए । ‘एमाले जेठ २ पनि हो जेठ ३ पनि हो र फागुन २३ पनि हो’ ओलीको जवाफ उदृत गर्दै छलफलमा सहभागी एक नेताले भने संकटमा पार्टी जोगाउन भूमिका खेलेकाहरुमाथि अन्याय हुन दिन्नँ ।’
फागुन २३ गते भट्ट इन्चार्ज तोकिएका थिए ।
विगतमा तयार भएका कमिटी र तोकिएका जिम्मेवारीहरू पनि सबै हेरफेर हुन नसक्ने भन्दै ओलीले भनेका थिए ‘नेकपा एमालेले जुन कार्य विभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत् रहन्छ ।’
रावलले ओलीको जवाफमा प्रतिउत्तर गर्दै माओवादी पृष्ठभूमिबारे पनि टिप्पणी गरेका थिए ।
बिहान ९ बजे देखी सुरु भएको छलफल करिब १२ बजे सकिएको थियो ।
उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई तथा लेखराज भट्टलाई ओली बालकोटमा बोलाएका थिए ।
छलफलका क्रममा सहभागी अन्य नेताहरूले पनि पार्टीलाई संकटमा साथ दिएकाहरूलाई उचित व्यवस्थापन हुनुपर्ने बताएका थिए ।
‘आइतबार संसदीय दलको बैठकमा जानुपर्ने भएको हुँदा इन्चार्ज लेखराज नै कायम हुने भन्दै बैठक सकिएको हो तर, रावल यसमा सन्तुष्ट छैनन्’ छलफलमा सहभागी अर्का नेताले भने ‘यस बिषयमा फेरी छलफल गरेर सहमति गराइने बताइएको छ । ’
एमाले विवाद समाधान गर्न र विभाजन टार्न असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो ।
नेपालले उक्त सहमति नमान्ने बताएपछि कार्यदलका सबै सदस्यहरू एमालेमै रहेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी तयार गरेका हुन् ।
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...