प्रचण्डकै कारण एमसीसी सम्झौता गिजोलियोः प्रचण्ड
पोखरा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाएका छन् ।
प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर प्रचण्डले गिजोलेको आरोप लगाएका हुन् ।
‘एमसीसीको सम्झौता गर्या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्या’छ । केपी ओली हुँदा एउटा कुरा गर्या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’
प्रचण्डकै कारण एमसीसी सम्झौता संसदमा पेश हुन नसकेको उनले बताए । तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको उनले टिप्पणी गरे । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोज्दा सभामुखले रोकेको पनि बास्कोटाले बताए ।
‘कृष्णबहादुर महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उनले भने ।
अहिले एमसीसी सम्झौता पारित गर्न सत्तारुढ दललाई एमालेको सहयोग नचाहिने पनि बास्कोटाले ‘हामीतिर फर्किनै पर्दैन । उहाँहरुको १ सय ६५ सिट छ । झन्डै २ तिहाइ छैन त ? गरे भइहाल्यो नि एमसीसी’ उनले भने ।
एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।
‘पहिले उहाँहरुले ल्याउनुस्, त्यसपछि हामी पढौंला, त्यसका जम्मै बुँदाबुँदा केलाउँला ।…सेनाले परेड खेल्नी हो कि ? बिजुलीको प्रशारण लाइनमात्रै बनाउने हो कि ? भारतको अनुमति किन चाहिनुपर्ने हो वा किन नचाहिनुपर्ने हो ? त्यो कुरा त छलफल गरौंला नि !’ उनले भने ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...