महाधिवेशनमा सहभागी हुन चितवन पुगे ओली
काठमाडौँ । दसौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आएका एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा केन्द्रित कार्यक्रममा सहभागी हुन थालेका छन् ।
ओली बिहीबार मध्यान्ह मात्रै चितवन आइपुगेका हुन् । चितवनका बुद्धिजिवीहरुसँग सौराहाको जंगल क्राउन होटलमा अन्तक्रियामा सहभागी भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।
‘बुद्धिजिवी परिषद्ले आयोजना गरेको महाधिवेशन केन्द्रित छलफल हो,’ बजगाईंले भने । सौराहाको कार्यक्रमपछि अध्यक्ष ओली महाधिवेशन उद्घाटन समारोहस्थलको अवलोकन गर्ने नारायणगढ जाने छन् ।
नारायणी नदीको किनारामा सम्मेलन उद्घाटनका लागि मञ्च निर्माणको काम भैरहेको छ । ओली आउने तयारीसँगै सो स्थालमा ठूलो संख्यामा स्वयंसेवकहरु परिचालन गरिएका छन् ।
एमालेले उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने दाबी गर्दै आएको छ । महाधिवेशनको उद्घाटनको एक दिनअघि नै नेता तथा महाधिवेशनमा प्रतिनिधिहरु चितवन आउन थालेका छन् । महाधिवेशनको उद्घाटन नारायणी किनारा र सौराहामा बन्द सत्र सञ्चालन गर्ने तयारी गरेको छ ।
महाधिवेशनका लागि चितवनमा रहँदासम्म अध्यक्ष ओली सौराहाको पार्क सफारी रिसोर्टमा बस्ने छन् ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...