ताजा समाचार

नेपाली मौलिक उत्पादनलाई प्रवर्द्धन गर्न वायुसेवा निगमले शुरु गर्यो सोभेनियर सेल्स काउन्टर

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको एक समारोहकाबीच आज उद्घाटन गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।

नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुहरुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरिएको छ ।

नेपाली कच्चा पदार्थ बाँस, घाँसआदिबाट बनेका ढक्की, व्यालेट, पर्सकासाथै कप, टि–म्याट, विमान चढ्दा सजिलोको लागि लगाउने नेक पिलो र विमानका नमूना जस्ता सामानहरु सेल्स काउण्टरमा उपलव्ध हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org