बहिनी ज्वाई पोखरेललाई राजदूत बनाउन माधव नेपालको दबाब
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना बहिनी ज्वाई कैलाशराज पोखरेललाई अस्ट्रेलियाको राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई दबाब दिएका छन् । उनले पूर्वसहसचिव पोखरेललाई राजदूत बनाउन दबाब दिइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।
पार्टीभित्र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री तथा पार्टीका उपसहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाको विरोधका बाबजुद राजदूत बनाउन सिफारिस गर्दै छिटो नियुक्तिका लागि सिफारिस गर्न दबाब दिएका हुन् ।
एमालेको महासचिव र वरिष्ठ नेता हुँदा पनि नेपालले आफ्ना बहिनी ज्वाइँ पोखरेललाई सधैभरि मालामाल हुँने र विदेश डलरमा तलव भत्ता बुझ्ने पदमा नियुक्ति दिएर परिवार र नाताबादलाई प्रोत्साहन दिएका थिए।
नेपालका बहिनी ज्वाई पोखरेल जेठानको कृपाले सधै अर्थ मन्त्रालय र विदेशस्थित कुटनैतिक नियोगमा मात्र लामो समय बसे । ओखलढुंगा निवासी पोखरेलको अग्रेजी भाषा ज्ञान सामान्य भए पनि उनले ३४ वर्षे जागिर जीवनमा झण्डै १६ वर्ष विदेशमै विताएका थिए । आर.आर. क्याम्पसबाट अर्थशास्त्रमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर गरेका पोखरेल कार्यक्षमता र कार्यसम्पादन अतिकमजोर भए पनि नेपालको परिवारवादको कारण युएनआईडिओमा लगानी प्रवर्द्धन अधिकृत, युएनमा नागरिक मामिला अधिकृत, विश्व बैंकको सल्लाहकारका रूपमा वासिङटन डिसिमा बस्ने मौका पाएका थिए । त्यति मात्र होइन उपसचिव जाने अमेरिकी दुतावासको इकोनोमिक काउन्सिलरमा सहसचिव पोखरेललाई पठाइएको थियो । अमेरिकामा इकोनोमिक काउन्सिलर हुँदा उनले नेपाल–अमेरिका व्यापार बृद्विमा कुनै उल्लेखनीय काम गरेर देखाउन सकेका थिएनन ।
अमेरिकी दुताबासमा पोखरेलकै लागी इकोनोमिक काउन्सिलर पद सिर्जना गरिएको थियो । अहिले दुतावासमा यो पद छैन र पोखरेल नियुक्त हुन अघि पनि यो पद थिएन ।
जागिर अवधिभर अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखामा बसेर काम गरेका पोखरेलले सहसचिबाट अवकाश पाएका थिए ।
प्रत्येक नेताहरूका एक एक जना सिफारिस हुँदा सत्ता गठबन्धनमा कुरा नमिलेर चीन, जापान, अष्ट्रेलिया, दक्षिण कोरियालगायत दर्जन बढी मुलुकमा अझै राजदुत सिफारिस हुन सकेको छैन । परराष्ट्रमन्त्री डा. खडकालाई गठबन्धन दलका शिर्ष नेताहरूले राजदुत नियुक्तिको प्रकृया अघि बढाउन दैनिक जसो दबाब पर्दै आएको उनको सचिवालयले जानकारी दिएको छ ।
कुन– कुन देशको राजदुत कुन–कुन दललाई दिने भन्ने भागवण्डा मिलिसकेको छैन । चीन, साउदी अरब, कतारमा नेकपा (माओवादी केन्द्र)ले, नेकपा (एकीकृत समाजवादी)ले जापान, दक्षिण कोरिया, अष्ट्रेलियामा राजदुत कोटा पाउनु पर्ने दबाब दिइरहेको छ । चीनको राजदूतका लागि सभामुख अग्नि सापकोटाका छोरा डा. रुपक सापकोटाले प्रयास गरिरहेका छन् । सापकोटाले चीनबाटै नेपाल–चीन परराष्ट्र मामिलामा विद्यावारिधि गरेका छन ।
उनले चीनको राजदुत सिफारिसमा पर्ने निश्चित भएपछि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकबाट तीन महिनाअघि राजिनामा दिएका थिए ।
यता नेकपा (एकीकृत समाजवादी)ले डा.मिलन तुलाधर, डा. युवराज संग्रौला, सिफारिस गर्न तयारी गरेको बुझिन आएको छ ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...