ताजा समाचार

गठबन्धन दलको पक्षमा मतपत्र छाप्न लागेको भन्दै निर्वाचन आयोगप्रति एमाले आक्रोशित

काठमाडौं । निर्वाचन आयोगले गठबन्धन दलको पक्षमा हुने गरी मतपत्र छाप्न लागेको भन्दै नेकपा एमाले आक्रोशित बनेको छ ।

आयोगले भक्तपुरका ४ पालिका र ६ महानगरपालिकाक छुट्टै मतपत्र डिजाइन गर्न लागेको भन्दै एमालेले आपत्ति जनाएको हो । एमाले सचिव भीष्म अधिकारीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई यस्ता कार्य नगर्न ध्यानाकर्षण गराएको जनाएका छन् ।

आयोगले उम्मेदवारी परेको उम्मेदवार बाहेक अन्य उम्मेदवारको चुनाव चिन्ह नराखी मतपत्र छाप्न लागेको समाचार आएको र गठबन्धन दलका नेताहरुले दिएको अभिव्यक्तिसंग मिल्दोजुल्दो भएका कारण यस्तो नगर्न एमालेले ध्यानाकर्षण गराएको जनाएको छ ।

यस्तै, एमालेले मुलुकभर मतपत्र छपाई जसरी हुन्छ त्यसरी नै गर्न समेत आयोगसंग अपिल गरेको छ । भने एमालेले आयोग कसैको दबाब र प्रभावमा पर्न नहुने समेत जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org