पहिलो एकदिवसिय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित
काठमाडाैं । ब्याटिङ लाइन फेरि एक पटक चुक्दा नेपाल शुक्रबार जिम्बावे ‘ए’ विरुद्धको पहिलो एक दिवसीय खेलमा ३ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इनोसेन्ट कायाले अविजित ४८ रन जोडे । कायाले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै चेफास जुवाओले ३२ रन जोेडे । उनले २९ बला तीन चौका र दुई छक्का प्रहार गरे । नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले जिम्बावे सामू १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनमा सीमित भएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।
यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका एभान्सले २७ रन खर्चिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए ।
नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको तीन खेलकै ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...