पर्वतका सातवटै स्थानीय तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी
काठमाडाैं । जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ ।
सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको निर्वाचनमा विजयी भएको हो ।उपप्रमुख मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित तथा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा, सविता विक, रीताकुमारी विक, सुधा गुरुङ र विन्दुकुमारी पौडेल निर्वाचित भएको छन् ।
त्यस्तै प्रमुख र उपप्रमुख हारेको फलेवास नगरपालिकामा महिलातर्फ दुर्गा शर्मा, भगवती पौडेल, सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा र चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।
त्यस्तै पैंयू गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी विक, मिठु क्षेत्री र दलित तथा अल्पसङ्ख्यकतर्फ फुलमाया विक र बबिता हिताङ निर्वाचित भएको छन् । महाशिला गाउँपालिकामा खुल्लातर्फ विष्णुराम विक, झलक नेपाली र महिला, दलित तथा अल्पसङ्ख्यकतर्फ जयकली मल्ल, निरु नेपाली, हुमकुमारी पौडेल क्षेत्री र गीता विक निर्वाचित भएका हन् ।
जलजला गाउँपालिकामा खुल्लातर्फ बबी सुवेदी, मायाकुमारी भुसाल, सुनिता खत्री, विमला बरुवाल खत्री र दलित तथा अल्पङ्ख्यकमा भीमबहादुर दमै र भीमसेनबहादुर बराइली निर्वाचित भएका छन् भने मोदी गाउँपालिकामा महिलातर्फ लक्ष्मी विक, कृष्णकुमारी मल्ल, शान्ता आले र सन्तोषी विक तथा दलित तथा अल्पसङ्ख्यकतर्फ रीता सुनार विक र डिलमाया नेपाली निर्वाचित भएको छन् ।
विहादी गाउँपालिकामा महिलातर्फ माया विक र तुलसी सुनार तथा दलित तथा अल्पसङ्ख्यकतर्फ यामकला नेपाली, कमला कुमारी परियार, सविता गुरुङ, विष्णु भुसाल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । जिल्लाका कुनै पनि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्न सकेनन् । स्थानीय चुनावमा निर्वाचित ३१९ जनप्रतिनिधिमध्ये एमाले २०६, कांग्रेस ८६, माओवादी २२ र अन्य स्वतन्त्र र साना दलले जितेका थिए ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
संसद्को गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रयास, कांग्रेससँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । संसदको गतिरोध अन्त्य गर्ने...
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठकमा नेताहरूले बोल्न बाँकी...
-
प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे...
-
काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो
काठमाडाैँ । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४...
-
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय...
-
मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । बिहीबार...
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...