ताजा समाचार

नेपालले अमेरिकासंग एसपीपी सम्झाैता गर्दैनः गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झाैता नगर्ने जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सेान सलग्न हुने कुनैपनि किसिमका साझेदारीमा नेपालले सम्झाैता गर्न नसक्ने जनाएका हुन् ।

थापाले अमेरिकाको एसपीपी सम्झाैता छिमेकी होस वा अमेरिका कुनै पनि मुलुकसंग हुन नसक्ने भन्दै यस्ता सम्झाैता अघि बढ्न नसक्ने जनाएका हुन् ।

संसदमा बोल्दै थापाले भने, ‘हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्‍यौँ । यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो । मुलुकलाई समृद्ध पार्ने हो ।’

‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन । त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन’ थापाले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org